भद्रपुरका अति विपन्न परिवारलाई खाद्यन्य सहयोग
Published:
by .भद्रपुर । भद्रपुरका अति विपन्न ५ सय १० परिवारलाई खाद्यन्य सहयोग गरिएको छ । खाद्यन्न बैंकबाट बन्दाबन्दीका कारण गाँस जुटाउन समस्यामा परेका विपन्न परिवारलाई खाद्य सहयोग गरिएको हो । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको अगुवाईमा भद्रपुर नगर क्षेत्रका अति विपन्न परिवारलाई खाद्यन्न सहयोगार्थ खाद्यन्य बैक स्थापना गरिएको थियो ।
माओवादी केन्द्र झापा क्षेत्र नम्बर ३ का सह इन्चार्ज डिल्लीराम घिमिरे (हिक्मत) को नेतृत्वमा रहेको खाद्यन्न बैकमा संकलित खाद्य सामग्रीबाट ५१० परिवारलाई ३,५७०००।— (तीन लाख सन्ताउन्न हजार) मूल्य वरावरको वितरण गरिएको हो ।
विपन्न बचाउ अभियानका परिकल्पनाकार तथा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीका अनुसार नगर क्षेत्रमा ५ दिनसम्म अति विपन्न परिवारका ५१० घरपरिवारलाई प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक पोका नुनका दरले वितरण गरिएको थियो ।
बन्दाबन्दीका कारण रोजगारी गुमेका, अशक्त, बृद्धबृद्धा, अपाङ्ग लगायत अति विपन्न परिवारका व्यक्तिहरूले खाद्य सहयोग लिएका हुन् । अध्यक्ष राजभण्डारीका अनुसार निकट भविष्यमै असहाय तथा एक्लो सहशुस गर्ने अवस्थामा रहेका सकृय संक्रमित परिवार लक्षित आत्माबल र शारीरिक बल बढाउने कार्यक्रम लिएर जाने तयारी गरिएको छ ।
Comments