Sajhamanch Archive

भीमा कुमारीको घर निर्माणका लागि अष्ट्रेलिया बसेका नेपालीहरुद्वारा ५५ हजार सहयोग

Published: in विविधा, समाज by .

शिवसताक्षी । भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि ५५ हजार नगद सहयोग हस्तान्तण भएको छ । अष्ट्रेलियामा रहेका नेपालीले ५५ हजार नगद घर निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकाललाई हस्तान्तरण गरिएको हो । पीडित भीमाकुमारीको घर निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

उक्त रकम महाभारा हाल गौरीगंज बस्ने नेत्र पौडेल नेतृत्वमा अस्ट्रेलियामा संकलन भएको नेपाली कांग्रेसले नगर समितिले जनाएको छ । रकम संकलनको नेतृत्व गर्ने पौडेलका अनुसार सन्तोष सिटौला (झापा), भीम लुइँटे खलढुंगा), निल ल (ओ थपलिया (चितवन), नेत्र पौडेल (झापा), निरञ्जन प्रसाईं (झापा), राजन सिटौला (झापा) र रुपक राज मैनालीले भीमाकुमारिको घर निर्माणका लागि अष्ट्रेलियाबाट रकम पठाएका हुन् ।

नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको नगरसमिति र त्यही पार्टीको वडा नम्बर ११ को वडा समितिले निर्माण सुरु गरेको भीमा कुमारीको घर करिब ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । अब रंगरोगन गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस शिवसताक्षीको नगर समितिले जनाएको छ ।

भिमाकुमारीका श्रीमान् सडक दुर्घटनामा परेर मृत्यु भएपछि उनी लगायत उनका २ छोराछोरी माइती पक्षको संरक्षणमा रहँदै आएका थिए । विपन्नता कै कारण जग्गा र त्यसमा निर्माण हुने घर नभएका कारण उनी माइती पक्षको संरक्षणमा रहेकी थिइन् । उनी आफै पनि क्यान्सर पीडित हुन् । उनको दहयनीय अवस्था देखेर नेपाली कांग्रेस नगर समिति उनको घर निर्माण गर्ने जुटेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *