Sajhamanch Archive

आमरण अनशन रोक्न गोर्खाहरूलाई सरकारको आग्रह

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूलाई आन्दोलन फिर्ता लिन सरकारले आग्रह गरेको छ ।

कुटनीतिक माध्यमबाट भूपू गोर्खाका माग संबोधनका लागि पहल गरिएको भन्दै आमरण अनशन स्थगन गर्न आज बसेको मन्त्रिपरिषद बैठकले आग्रह गरेको छ ।

ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्यको माग गर्दै भूपू गोर्खा आन्दोलनरत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *