Sajhamanch Archive

चन्द्रगढी वनको निर्वाचनमा १९१८ मत खस्यो

Published: in समाज by .

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको सम्पन्न निर्वाचनमा एक हजार ९ सय १८ मत खसेको छ ।

चार वर्षे कार्यकालका लागि मताधिकार पाएका दुई हजार दुई सय ९० मतदाता रहेको उपभोक्ता समूहमा एक हजार ९ सय १८ मत खसेको हो ।

६ वटा क्षेत्रमा विभाजित समूहको क्षेत्र नम्वर २ मा ३३५ मत, क्षेत्र नम्वर ३ मा ३९० मत, क्षेत्र नम्वर ४ मा २१७ मत, क्षेत्र नम्वर ५ मा २०६, क्षेत्र नम्वर ६ मा ३५० मत र क्षेत्र नम्वर ९ मा ४२० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि दुई वटा समूहले उम्मेदवारी दर्ता गराएर निर्वाचनका लागि प्रतिष्पर्धामा गएका थिए् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संघीय समाजवादीको सम्युक्त गठबन्धनको नेतृत्व गर्दै पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई र नेकपा एमाले र राप्रपाको गठबन्धनमा पूर्व उपाध्यक्ष चुडामणि मैनालीको नेतृत्वमा प्यानल नै खडा गरेर उम्मेदवारी दर्ता गरेर प्रतिष्पर्धा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *