राष्ट्रसेवकको २२ औं सभा सम्पन्न
Published:
by .भद्रपुर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को २२ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो ।
अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ७८१ जना शेयर सदस्य तथा १ करोड ५४लाख ३९ हजार शेयर पूँजी विवरण प्रस्तुत गर्दै ७४ लाख ६७ हजार ५२५।— आम्दानी विवरण पेश गरेका थिए ।
सचिव शेषराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सांसद बसन्तकुमार बानियाँ, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेना लगायतले शुभकामना व्यक्त गरेका थिए भने उत्कृष्ट सञ्चालक सम्मानबाट बाबुराम पोखरेल, कृष्णप्रसाद खतिवडा र भोजप्रसाद पौडेललाई सम्मान समेत गरिएको थियो ।
Comments