हिमाली नगर टोल समिति गठन
Published:
by .भद्रपुर । नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा समितिले संगठन विस्तार अन्र्तगत प्रवीण लुँइटेलको नेतृत्वमा १५ सदस्यीय हिमाली नगर टोल समिति गठन गरेको छ ।
टोल भित्रका अग्रज तथा सकृय काँग्रेस कार्यकर्ताको भेलाले समितिको उपसभापतिमा बिन्दादेवी बोगटी र किशोर खत्री, सचिव लक्ष्मी लुँइटेल र गायत्रीप्रसाद दाहाललाई निर्विरोध चयन गरेको हो ।
समितिको सदस्यहरूमा क्रमशः यमनाथ कडरिया, यज्ञबहादुर लुईटेल, कर्णबहादुर लुईटेल, जनक कार्की, मदन राजवंशी, दिपक राणा, हृदयनायरायण चौधरी, मेनुका लुइटेल, खड्गबहादुर रोक्का र राजन मैनालाी रहेका छन् ।
यस अघि भद्रपुर ९ बुद्धनगर टोल समिति समीर राजवंशीको नेतृत्वमा २५ सदस्यीय समिति निर्माण गरिएको थियो ।
नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा सभापति चेतनाथ भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल, भद्रपुर नगर सभापति रामबहादुर कँडेल, नगर उपसभापति भरत गुरूङ्ग लगायतले नवगठित समितिको कार्यकाल सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
Comments