Sajhamanch Archive

राष्ट्रकवि घिमिरे आजबाट १०० वर्षका भए

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

काठमाडौँ । आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १००औं जन्म दिन । वि सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा उनको जन्म भएको हो । नेपाली जनजीवनमा लोकप्रिय कविका रुपमा सुरपरिचित घिमिरेलाई राज्यले राष्ट्रकविको दर्जा दिएको छ ।

उनै राष्ट्रकविको १००औं जन्मदिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई भेटेकी छन् । एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई उनकै निवासमा पुगेर राष्ट्रपति भण्डारीले भेटेकी हुन् ।

राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकविलाई भेट्न गएकी थिइन् । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना पनि दिइन् ।

एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेले आज आफ्नो निवासमा पूजापाठ पनि गरेका छन् । उनलाई एकसयौं जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि लैनचौरस्थित उनको निवासमा भेला भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *