Sajhamanch Archive

वीरता लेडी जेसीजद्वारा स्थापना दिवसमा संस्थापक सदस्यहरुलाई सम्मान

Published: in विविधा, समाज by .

बिर्तामोड । वीरता लेडी जेसीजले स्थापना दिवसको अवसरमा संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । सन् २००४ मा झापाको बिर्तामोडमा वीरता जेसीजको मातृत्वमा स्थापना भएको वीरता लेडी जेसीजले १८ औं स्थापना दिवसको अवसरमा वीरता लेडी जेसीजका ३७ जना संस्थापक सदस्यहरुलाई सम्मान गरेको हो ।

वीरता लेडी जेसीजले संस्था स्थापना र सञ्चालनका सुरुवाती संघर्षपूर्ण दिनहरुमा संस्थालाई गर्भावस्थादेखि किशोर अवस्थासम्म ल्याईपुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पहिलो पटक संस्थापक सदस्यहरुलाई सम्मान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।

संस्थापक सदस्यहरुले नै गर्दा वीरता लेडी जेसीज झापाको अग्रणी महिला संस्थाको रुपमा परिचित रहेको बताउँदै उनले संस्थापक सदस्यहरुको योगदानलाई संधै स्मरणीय बनाउन उनीहरुलाई सम्मान गरिएको जानकारी दिइन् ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसचिव अर्चना खड्का राउतले स्वागत गरेकी थिइन् भने श्रेयसी चौधरीले मिसन भिजन वाचन गरेकी थिइन् ।

उपाध्यक्ष पूजा काफ्ले खरेलले आस्था वाचन गरेको कार्यक्रममा कानूनी सल्लाहकार हिमा पौड्यालले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, पूर्व अध्यक्ष तथा संस्थापक सदस्यहरु राधा सुव्वा, कञ्चना ढकाल सिटौला, शरु भूर्तेल खनाल, गीता खनाल, वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाललगायतले वीरता लेडी जेसीजले स्थापना दिवसको अवसर पारेर पहिलो पटक संस्थापक सदस्यहरुलाई सम्मान गरेको भन्दै अध्यक्ष चिमरियालगायत सन् २०२२ को कार्यसमितिको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *