कनकाईमा १३ करोड ७५ लाखको खानेपानी आयोजना
Published: (Updated: )
by .सुरुङ्गा । कनकाई नगरपालिकाका वार्डनम्बर १ र २ नम्बर वार्डका वडावाीशीले अब बढीमा ४ बर्षभित्र स्वच्छ पिउने पानी खान पाउने भएका छन ।
यस अघि विभिन्न संचारमाध्यमबाट यस क्षेत्रका जनताले पिउदै आएको कोक जस्तो रङ्गको पानीका वारेमा समाचार प्रकाशन प्रशारण भएपछि नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयबाट १३ करोड ७५ लाख रुपैँया तथा उपभोक्ताबाट २ करोड रुपैँया संकलन गरि कनकाई नगरपालिका २ जामुनवारीमा जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजनाको सुरुवात भएको छ ।
सोमवार प्रतिनिधिसभाका सांसद एलपी साँबा लिम्बु तथा प्रदेश सभाको सांसद हिराकुमार थापाले बैद्विक विधि अनुसार सो आयोजनाको शिल्यान्यास गरेका छन् । आयोजना शिल्यान्यास गर्दै सांसदद्वयले सरकार अवका केही वर्षभित्रैमा सम्पुर्ण नेपालीलाई न्युनतम मापदण्डको पिउने पानीको व्यवस्था गर्न लागेको र यसकै निरन्तरताका लागि यस आयोजनाको सुरुवात गरिएको बताए ।
आयोजना संचालनमा आएपछि कनकाई नगरपालिकाका वार्डनम्बर १ र २ नम्बर वडाका २ हजार घरधुरीका १२ हजार नगरवासीले स्वच्छ खानेपानी पिउन पाउने आयोजना उपभोक्ता समितिका सचिव निर्मल खनालले बताए । कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पर्शुुराम गिरी , जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष ख्याम सिटौला, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष सूर्य थापा , वडानम्बर १ का कार्यवाहक अध्यक्ष देवि अधिकारी, सरस्वती माविका प्रअ तुलसी कार्की लगायातले खानेपानी आयोजनाले गाउँलेको स्वास्थ्यमा सुधार हुने वताए । हाल यस क्षेत्रमा पिउने पानीको भरपर्दो स्रोत नहुँदा इनार तथा ट्युवलको आर्सनिक युक्त पानी पिउदै आएका छन ।
Comments