माओबादी अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे काँग्रेस नेता डा. शेखर
Published:
by .काठमाडौं- सत्तारूढ नेपाली कांँग्रेसका नेता डा.शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।
पछिल्लो समसामयीक राजनीति र एमसीसीका विषयमा छलफल गर्न नेता डा. कोइराला खुमलटार पुगेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
एमसीसी विवाद चर्किएको समयमा कोइरालाले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन्। यसअघि गत मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए।
Comments