दुई नेपाली युवा भारतमा सम्मानित
Published: (Updated: )
by .मुम्बई (भारत) । राष्ट्रवादी विकासशील अभियान नेपाल (भारत) केन्द्रीय समितिले मुम्बईमा भारतीय चलचित्र निर्माणको क्रममा रहेका नेपाली युवा किरण खतिवडा र मार्सल आर्टका प्रशिक्षक हरि थापालाई सम्मान गरेको छ ।
एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई हालै समितिले सम्मान गरेको हो । झापा बिर्तामोडका किरण खतिवडा बलिउड चलचित्र निर्माणको क्रममा छन् ।
निर्देशक, लेखक, डाइरेक्टर एवम् अभिनेताका रुपमा चिनिएका खतिवडा र विराटनगरका मार्सल आर्ट प्रशिक्षण थापालाई नेपाली ढाका टोपी, फूलगुच्छाका साथ सम्मान गरिएको हो ।
थापा नेपालमा जन्मिएर भारतको मुम्बईमा खेल प्रशिक्षण गराउँदै आएका छन् । दुवै अन्तर्राष्ट्रिय प्रतिभाका धनी व्यक्तित्व भएकोमा गौरव महसुस गरी समितिले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा राष्ट्रवादी विकासशील अभियान नेपाल (भारत) अन्तर्राष्ट्रिय विभाग प्रमुख सिहान नरेन्द्र ओली, भारत केन्द्रीय अध्यक्ष खड्क सिंह, केन्द्रीय सचिव डा. टेकप्रसाद चाड, केन्द्रीय सदस्य नरबहादुर सोनी, केन्द्रीय सदस्य डा. ललित सिंह, केन्द्रीय सदस्य शंकर बि.क., केन्द्रीय सदस्य भरत ताम्राकारलगायतको आतिथ्यमा उनीहरुलाई सम्मान गरिएको हो ।
Comments