एमसीसी फिर्ता पठाउन दमकमा विरोध प्रदर्शन
Published:
by .दमक । मुलुकभर अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता गर्न माग गर्दै विभिन्न राजनीतिक दल तथा संघ–संस्थाहरुले विरोध गरिरहेका छन् । यसैमेसोमा झापाको दमकमा पनि ७ वटा साना कम्युनिष्ट दलहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन् ।
ती कम्युनिष्ट पार्टीहरुले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका हुन् । दमकको पशुहाटबाट शुरु भएको विरोध र्याली दमकचोक परिक्रम गरी गणतन्त्र चोकमा आएर विरोधसभामा परिणत भएको थियो ।
र्याली तथा विरोधसभाको आयोजना वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादी केन्द्र समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले गरेका हुन् ।
राष्ट्रघाती, नेपालीहरुको स्वीधनतामा खतरा उत्पन्न हुने अमेरिकी परियोजना फिर्ता हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । एमसीसी खारेज नभए मुलुकको स्वाधीनताका लागि जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने उनीहरुले चेतावनी दिएका छन् ।
विरोधसभामा देशभक्त जनगाणन्त्रिक मोर्चा झापाका सहसंयोजक गजेन्द्र निरौलाले देशको युरेनियमजस्ता खनिज पदार्थ लैजान दुई छिमेकी देश चीन र भारत विरुद्धको रणभूमि नेपाललाई बनाउन अमेरिकाले परियोजना दिने बहाना गरेकाले आमनेपाली जनतालाई सचेत हुन आग्रह गरे ।
कोणसभामा मन्तब्य राख्ने राष्ट्रिय जनमोर्चा नेपालका देवेन्द्र पौडेल, माओवादी केन्द्रका नेता बिमल र नेता आशिष लगायत वक्ताले अमेरिकी परियोजना नेपाल र देशभक्त नेपालीको लागि घातक भएकोले यसको विरोधमा सबै जनता उठ्नु पर्ने धारणा राखेका थिए ।
Comments