Sajhamanch Archive

शहीद डिल्ली गौतमको स्मृति दिवसः सम्मान र रक्तदान

Published: in मुख्य समाचार, समाज by .

कनकाई । झापाको सुरुङ्गामा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शहीद गौतमको २९औं स्मृति दिवसको सन्दर्भमा गरिएको रक्तदान कार्यक्रममा ११ महिलासहित ४६ जनाले रक्तदान गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी धरान रक्तसंचार सेवाको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा शिक्षासेवी एवं साहित्यकार कोमलप्रसाद पोखरेल साथै झापा जिल्ला बार एशोसिएसनका सचिव हेमकला कट्टेललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एल.पी. साँवाद लिम्बू, संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, निवर्तमान नगर उपप्रमुख मन्जु प्रसाईँ लगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद साँवाले प्रतिष्ठानको नाममा रहेको तीन कठ्ठा जमिनमा भवन निर्माण गर्ने काममा एकजुट हुन सबैलाई अनुरोध गर्दै बजेट व्यवस्थापनमा आफ्ना तर्फबाट तत्काल लाग्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिष्ठानका लागि कनकाई नगरपालिकाका प्रमुख रोजेन्द्र पोखरेलले तीन कठ्ठा जमिन उपलब्ध गराएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *