Sajhamanch Archive

खुदुनाबारी गोल्डकपः गाईघाट फुटबल क्लब सेमीफाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह by .

सांकेतिक तस्वीर

अर्जुनधारा । उदयपुरको गाईघाट फुटबल क्लब प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको गोल्डकपको तेस्रो खेलमा आज (मंगलबार) ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो ।

६० मिनेटको निर्धारित खेल समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गाईघाट फुटबल क्लब उदयपुरका साहारा दाहाल, युनिका राई र मनिता तामाङले प्रहार गरेको गोल ताप्लेजुङका गोलरक्षंक एलिजा लिम्बूले बचाउन नसक्दा टिमले पराजय भोग्न बाध्य भयो ।

टाइब्रेकरमा ताप्लेजुङका लागि एकमात्रै गोल अनुषा लिम्बूले गरिन । टाइब्रेकरमा ताप्लेजुङका गोलरक्षक एलिजा लिम्बूले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा ताप्लेजुङ जिल्ला फुटबल संघले ३–१ गोल अन्तरले पराजय भोग्नु परेको हो ।

खेलको ६० मिनेटमा उदयपुरका खेलाडी अस्मिता राईले पहेँलो कार्ड पाएकी थिइन् । आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उपपुरकी मनिता तामाङ उमन अफ दी म्याच घोषित भइन् । उनले ट्रफीसहित नगद १ हजार हात पारिन् ।

गोल्डकपको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल भोलि बुधबार धनकुटा महिला फुटबल क्लब र सुनसरी जिल्ला फुटबल संघबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रवर्धक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो वर्ष महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो । यस अघि २०७४ र २०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *