Sajhamanch Archive

झापाका सबै क्षेत्रमा खोलियो निर्वाचन अधिकृतको कार्यालय

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by .

झापा । मंसीर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा पनि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टामा असोज २० गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा निर्वाचन आयोगले टंकबहादुर महतलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

कार्यालय स्थापनासंगै निर्वाचन अधिकृत महतले राजनीतिक दलका स्थानीय नेतृत्वसँग छलफल गरी निर्वाचनलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न दलहरुले सकारात्मक सहयोग गर्नु पर्ने आग्रह गरेका छन् ।

अब निर्वाचन सम्बन्धि सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट सम्पन्न हुने महतको भनाई छ । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका लागि ९ जना कर्मचारीको टोली खटिएको महतले जानकारी दिएका छन् ।

झापाका अन्य निर्वाचन क्षेत्रहरुमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसअघि नै जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । मुख्य निर्वाचन अधिकृतले झापा क्षेत्र नं. ३ को पनि जिम्मेवारी लिएको हुन्छ ।

यस्तै झापा क्षेत्र नं. २ को निर्वाचन कार्यालय अर्जुनधारा नगरपालिकामा, क्षेत्र नं. ४ को कार्यालय कनकाई नगरपालिकामा र क्षेत्र नं. ५ को कार्यालय दमकमा सुरु गरिएको छ ।

असोज २३ गते आइतबार प्रदेश तथा प्रतिनिधि सभाका उम्मेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *