Sajhamanch Archive

प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा, ३ ख मा प्रसाई कि चुँडाल !

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । पार्टी केन्द्रले प्रदेश सांसद उम्मेदवार बन्न गरिएकाे आग्रहलाई एमाले केन्द्रीय सदस्य रविन काेइरालाले अस्वीकार गरेका छन् ।

संघीय सांसदका लागि क्षेत्र नं. १ बाट एकल नाम सिफारिस भएका काेइरालालाई पाखा लगाउँदै स्थायी कमिटी सदस्य अग्नि खरेललाई केन्द्रले उम्मेदवार बनाएकाे छ । साेकाे प्रतिवाद गर्दै काेइरालाले आफू सहमत नरहेकाे बताएका हुन् ।

यस्तै क्षेत्र नं. ३ ख मा यसअघि हरि राजवंशीकाे नाम चर्चामा भए पनि दुर्गा प्रसाई वा छबि चुंडालमध्ये एकजनालाई उम्मेदवारी दिइने अध्यक्ष निकट स्राेतले बताएकाे छ ।

यद्यपी दुर्गा प्रसाईंले आफू संघीय सांसद बन्ने तर प्रदेशमा आफ्नो आकांक्षा नरहेकाले जो जसले टिकट पाए पनि प्रतिवाद नगर्ने बताएका छन् । पार्टी जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीले उम्मेदवारी दर्ता प्रयोजनका लागि आवश्यक कागजात माग्दा उनले प्रदेशसभा सदस्य अस्वीकार गरेको जनाइएको छ ।

यस घटनाले क्षेत्र नं. ३ ख मा छबिलाल चुडाल उम्मेदवार बन्ने लगभग निश्चित भएको पार्टी कार्यालय स्रोतको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *