Sajhamanch Archive

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिवले दिए राजीनामा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज by .

उर्लाबारी । नेकपा एमाले मोरङ जिल्ला कमिटीका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्ट रहेको जनाउँदै सापकोटाले राजीनामा दिएका हुन् ।

उनले पार्टीले गर्ने निर्णयहरु सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको उनको आरोप छ छ ।

राजीनामा पत्रमा उनले लेखेका छन्, ‘यस्तो गैह्र राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रको बोधार्थ प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई समेत दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *