Sajhamanch Archive

झापा क्षेत्र नं १ ‘क’ मा रविन कोइरालाका प्रतिष्पर्धी कांग्रेसका गोपाल तामाङ ‘ख’ मा एमाओवादीका श्यामबीर लिम्बू

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by .

मेचीनगर । भोलि असोज २३ गते उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनमात्र नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रदेशसभाका उम्मेदवार तय गरेको छ ।

आगामी मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनका लागि झापा क्षेत्र नं १ ‘क’बाट नेपाली कांग्रेसका गोपाल तामाङ्ग र ‘ख’बाट एमाओवादीका श्यामबीर लिम्बूको उम्मेद्वारी पक्का भएको हो ।

पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरु मध्ये प्रदेश १ क मा कांग्रेसका तामाङले नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालासँग प्रतिष्पर्धा गर्नेछन् ।

कोइराला मेचीनगर नगरपालिकाका संस्थापक नगरप्रमुख हुन् भने २०७० सालमा निर्वाचित संविधानसभाका सदस्य । कांग्रेसका युवा नेता तामाङ नेपाल दरुण दलका जिल्ला सभापति हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *