ताप्लेजुङको निर्वाचन तथ्याङ्क यस्तो छ
Published: (Updated: )
by .ताप्लेजुङ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको ताप्लेजुङ जिल्लाको निर्वाचन क्षेत्रअनुसारको विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ । जहाँ ८८ हजार २८५ जना मतदाता छन् । अन्य जिल्लामा महिला मतदाता संख्या अधिक हुने भए पनि ताप्लेजुङमा चाहिँ ६ हजार हाराहारी पुरुष मतदाता बढी छ ।
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य पदका लागि ९ वटा राजनीतिक दल र दुईजना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा नेकपा एमालेका योगेश भट्टराईले २०७४ सालको निर्वाचनमा विजय हासिल गरेका थिए ।
आसन्न निर्वाचनमा पनि एमालेबाट योगेशको उम्मेदवारी छ भने सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री मैदानमा होमिएका छन् ।
तथ्याङ्क यसरी हेरौंः
Comments