बैंकको ब्याज वृद्धि विरुद्ध व्यवसायीहरु बोल्न थाले
Published: (Updated: )
by .बिर्तामोड । बैंकहरुको व्याजवृद्धिले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताएका छन् ।
बिर्तामोडमा उधोगी व्यवसायीहरुले आयोजना गरेको एक कार्यक्रममा व्यवसायीले बैंकहरुका कारण आफूहरु पलायन हुने अवस्था आएको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको घोषित आन्दोलन बारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकहरुको व्याजले निजी क्षेत्र जोखिममा परेको बताए ।
कोरोना महामारीले थलिएको नीजि क्षेत्रमा सरकारको नराकात्मक बुझाईका कारण समस्या बढ्दै गइरहेको उनीहरुको भनाई छ । बैंकहरुले कर्जा लगानीमा व्यवसायीलाई नरम व्यवहार गर्ने र लगानी पछि ब्याज वृद्धि गरेर व्यवसाय नै जोखिममा पारिदने गरेको व्यवसायीको आरोप छ ।
नेपाल उद्यग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बैंकहरु नाफा कमाउँदै जाने र व्यवसायीहरु घाटा व्यहोर्दै जाने अवस्था निर्माण भएको जिकिर गरे । उनले कोभिड पछि बैंकहरुको नाफा झनै बढेर गएको बताउँदै भने ‘निती क्षेत्र डुबिरहने बैंक नाफामा गइरहने ठिक हुँदैन । बैंकहरुले व्यवसायी कै पैसाबाट नाफा कमाइरहेको छन् । तर, बैंकले व्यवसायीको समस्याबारे वेवास्ता गरिरहेको छ ।’
केन्द्रीय सदस्य डालमियाले ६० प्रतिशत उद्योग बन्द भइसकेको जानकारी दिँदै ४० प्रतिशत उद्योग दुःखले सञ्चालन भइरहे पनि अघि बढ्ने अवस्था नरहेको बताए । बैंकको व्याजले नै निजी क्षेत्र धरासयी भएको केन्द्रीय सदस्य डालमियाको भनाई छ ।
यस्तै, अर्का व्यवसायी निर्मल भट्टराईले बैंकहरुको अत्याचार विरुद्ध एकजुट हुनुपर्ने बताए । उनले बैंकहरुको व्याजदरमा भएको मनोमानी सच्याउनै पर्ने बताए । वाणिज्य संघले सबै व्यवसायीलाई एकजुट बनाएर ब्याज वृद्धि विरुद्ध साझा आन्दोलन गर्न सूझाव दिए ।
निर्माण व्यवसायी शैलेन्द्र कुरुङवाङले निजी क्षेत्रमाथि बैंक तथा वित्तीय संस्थाले अव्यवहारिक व्यवहार प्रस्तुत गरिरहेका बताए । उनले बैंक तथा वित्तीय संस्थाको अव्यवहारिक नीतिले निजी क्षेत्र संकटमा परेको बताए । निर्माण व्यवसायी कुरुङवाङले बैंकको व्याजसँगै बजारमा भएको महंगी विरुद्ध पनि आवाज उठाउनुपर्ने माग गरेका छन् । उनले खाद्यान्नदेखि विविध क्षेत्रमा भएको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परेको बताए ।
सिंगापुर वेभरेजका सञ्चालक रमेश शर्माले अहिले व्यापारको वातावरण नै नभएको बताए । राष्ट्र बैंकको नीतिका कारण निजी क्षेत्र धर्मसंकटमा परेको उनको भनाई छ । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादतीले व्यवसायी जीवनमरणको अवस्थामा पुगेको धारणा राखेका थिए ।
कार्यक्रम अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Comments