दूधको उपभोक्ता मूल्य वृद्धि गर्न उद्योगीहरुको माग
Published:
by .झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न आग्रह गरेका हुन् ।
एनएमसी डेरी उद्योग, कामधेनु दुग्धविकास सहकारी संस्था, रितिका डेरी उद्योग, पूर्वनेपाल डेरी, शिवम् डेरी एण्ड फुड्स, जीवन विकास डेरी, सगरमाथा विशिष्टीकृत सहकारी संघ, गोरस डेरी प्रालि, मदानी मिल्क हाउस र बनिगामा डेरीका सञ्चालक, व्यवस्थापक एवम् प्रतिनिधिहरुले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
दूधको मूल्य वृद्धि सम्बन्धमा भनी सरकारसमक्ष गरिएको मागपत्रमा भनिएको छ, ‘हाल विभिन्न कारणले दुग्ध उत्पादनको लागत बढेकाले दूधको खरिद मूल्यमा अप्रत्यासित वृद्धि भएको छ । उद्योगको उत्पादन लागत पनि बढेको छ । अतः मूल्य शृङ्खलालाई असर नपर्ने गरी उपभोक्ता, उत्पादक एवम् उद्योगीहरु समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत् दूधको उपभोक्ता मूल्य वृद्धि गर्न नेपाल सरकार समक्ष माग गर्दछौं ।’
Comments