प्रदेश १ प्रमुखबाट सरकार गठनका लागि आह्वान
Published:
by .विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङले नवनिर्वाचित सांसदहरुबाट प्रदेश सरकार बनाउन दलहरुलाई एक हप्ताको समयावधि तोकेर आह्वान गरेका छन् ।
मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणका लागि आज आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
Comments