ओखलढुंगामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम प्रशिक्षक गोष्ठी
Published:
by .ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ ।
बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २० वटा किसान समूह र १५ वटा सहकारीसँग आबद्ध किसानहरुलाई समृद्धिले वित्तीय शिक्षा प्रदान गरिरहेको छ ।
गोष्ठीमा आयोजनाले दिँदै आएको वित्तीय तथा व्यवसायिक ज्ञान तालिमको प्रभावकारिताको विषयमा ५ दिनसम्म छलफल र कार्यशाला हुने आयोजनाका वित्तीय समावेशिकरण अधिकृत समिल कार्कीले जानकारी दिएका छन् । समृद्धिले किसान समूहलाई ३५ हप्तासम्म र सहकारीमा आबद्ध सदस्य तथा गैह्र सदस्यहरुलाई आवश्यकता अनुसार वित्तीय तालिम दिँदै आएको छ ।
Comments