Sajhamanch Archive

ब्रिज इन्टरनेशनलको शाखा बिर्तामोडमा, शुक्रबारदेखि सञ्चालनमा ल्याइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by .

बिर्तामोड । झापाको बिर्तामोडमा ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको शाखा सञ्चालनमा ल्याइने भएको छ ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्श र अंग्रेजी तयारी कक्षा सञ्चालन गर्ने उद्देश्यले ब्रिज इन्टरनेशनलको शाखा बिर्तामोडमा सञ्चालनमा ल्याइएको जनाइएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको ब्रीज इन्टरनेशनले बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरेर फागुन ५ गते शाखाको उद्घाटन गर्ने जनाएको हो ।

ब्रिजले विशेष गरी क्यानाडा, अस्ट्रेलिया, युके, जापान लगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने एक्जुकेटिभ चेयरमेन भूवन गिरीले जानकारी दिए । उद्घाटन कार्यक्रममा चर्चित मोडल स्मारिका तथा समारिका ढकाल आउने जनाइएको छ ।

शाखा उद्घाटनको अवसरमा युके र अस्ट्रेलियाका विश्व विद्यालयबाट आउने प्रतिनिधिहरुको साथमा सेमिनार, विद्यार्थीहरुलाई अंग्रेजी तयारी कक्षामा १०० प्रतिशत छात्रबृत्ति, शैक्षिक परामर्श सेवा र प्रोसेसिङ्ग शुल्कमा पनि १०० प्रतिशत छुटको ब्यवस्था गरिएको गिरीले बताए ।

विद्यार्थीको रुची तथा क्षमता अनुसारको शैक्षिक परामर्शसँगै उनीहरुको नेतृत्व विकास गरी विदेश पठाइने ब्रिजका रुपेश थापाले जानकारी दिए । अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार सञ्चालन गरी विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गरिने लगायतका कार्यक्रम पनि गरिने बिर्तामोड शाखा प्रमुख जितेन्द्र गिरीले जानकारी दिए ।

विगत ७ वर्षदेखि सञ्चालनमा आएको ब्रिज इन्टरनेशनलले तेस्रो शाखाको रुपमा बिर्तामोडमा सेवा बिस्तार गरेको गिरीले बताए । उनका अनुसार दोस्रो शाखाको रुपमा काठमाडौको महाराजगञ्ज रहेको जनाइएको छ भने अन्य जिल्लामा पनि सेवा बिस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।

त्यस्तै अन्तर्राराष्ट्रिय परामर्श शाखाका रुपमा युकेमा एक वर्ष अघिदेखिनै शाखा सञ्चालनमा छ भने अस्ट्रेलियामा चाँडै शाखा सञ्चालन गर्ने ब्रिजको योजना रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *