Sajhamanch Archive

कनकाई नहर जल उपभोक्ता संस्थाको निर्वाचनः एमाले र माओवादी गठबन्धन, कांग्रेस एक्लै लड्दै

Published: (Updated: ) in राजनीति, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको कनकाई नहर जल उपभोक्ता संस्थामा भोलि हुन गइरहेको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनावमा उत्रिएका छन्। त्यस्तै नेपाली काग्रेस एक्लै चुलाव लड्ने तयारीमा रहेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रगतिशिल राष्ट्रवादी, लोकतान्त्रिक समूह बनाएर कनकाई नहर जल उपभोक्त समूहको अध्यक्ष साझा उम्मेद्वार टंकनाथ ढुगेंललाई अघि सारेको छ। ढुंगेलले साझा रुपमा उम्मद्वारी दिएपछि चुनावी माहोल तातेको हो । नेपाली कांग्रेसका तर्फ लोकतान्त्रिक कृषकहरुको प्यानलको अध्यक्षमा कमल प्रसाद भण्डारीले उमेद्वारी दिएका छन् ।

त्यस्तै संयुक्त गठबन्धन लोकतान्त्रिक समूह तर्फका उपाध्यक्षमा नरबहादुर पोख्रेल, सचिवमा भुवन राई, कोषाध्यक्षमा राधिका बराल भट्टराईले उम्मेद्वारी दिएका छन् ।

यता नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्षमा बेदनिधी अधिकारी, सचिवमा बाबुराम बस्नेत, र कोषाध्यक्षमा डम्बर कुमारी ढुगेंल (दुलाल)ले उम्मेद्वारी दिएकी छिन् ।

सदस्यहरुमा दुवै तर्फबाट उम्मेद्वारहरु भोट माग्न सक्रिय भएर लागेका छन् । कनकाई जल उपभोक्ता संस्थामा जम्मा २२३ भोट संख्या रहेको छ । जसमा १४ जना निर्वाचित हुने छन् । जसमा ४ पदाधिकारी र १० सदस्य निर्वाचित हुने र १ जना मनोनित हुने व्यवस्था रहेको छ। नहर जल उपभोक्ता समूहको पदाधिकारीका लागि भोलि चैत्र २७ गते विहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *