सरकार समयमा नै किसानलाई मल र विउ विजन देऊ : कांग्रेस झापा
Published:
by .बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानलाई समयमै मल र उन्नत जातको विऊविजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले समयमै रासायनिक मल र विऊविजन नपाउँदा उत्पादनमा ह्रास आउने र यसले राज्यको कूल ग्रार्हस्थ उत्पादनमा असर पुर्याउने यथार्थ सम्झँदै समयमै मल विऊ उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।
बैठकले विस्तारित जिल्ला कार्य समितिका सदस्यहरुलाई वडा तहमा जिम्मेवारी दिई प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिएका छन् ।
Comments