कर सहयोगी संगठनको जिल्ला अध्यक्षमा सोहनलाल
Published: (Updated: )
by .झापा । कर सहयोगी श्रमिक संगठन नेपाल झापा शाखाको अध्यक्षमा सोहनलाल राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । आज बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राजवंशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संगठनका जिल्ला अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष तारानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अर्जुन बुढाथोकी, सचिवमा गोपाल खतिवडा, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सदम राजवंशी चयन भएको जनाइएको छ ।
यस्तै सदस्यहरुमा श्रवणकुमार साहा, भीमबहादुर श्रेष्ठ, चिन्तामणि न्यौपाने, मोहन दंगाल, अञ्जना खरेल, राजेन्द्र राजवंशी, डोलेश्वर कन्दङवा, रोशन खनाल,राजु गौतम र सुविल विश्वकर्मा चयन भएको अध्यक्ष सोहनलालले जानकारी दिएका छन् ।
Comments