बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
Published:
by .काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकले आजै सार्वजानिक हुने आर्थिक वर्ष २०८० /८१ को बजेट पारित गर्ने मुख्य कार्यसूची रहेको छ।
साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
आज साँझ ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले संसद्म बजेट प्रस्तुत गर्दैछन्।
Comments