Sajhamanch Archive

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौँ । सरकारले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सूवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने भएको छ ।

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एसोसिएट सदस्यता पाएपछि नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन कार्यसमितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र उक्त मैदान बनाएको थियो ।

क्यान र त्रिभुवन विश्वविद्यालयबीच सुरुमा पाँच वर्षे सम्झौता भए पनि सम्झौता नवीकरण गर्दै क्यानले उक्त मैदानलाई लिजको रुपमा प्रयोग गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *