Sajhamanch Archive

सर्लाहीमा गाउँले र प्रहरीबीच झडप

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ ।

बिहीबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो ।

झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *