Sajhamanch Archive

सन्दीपविरुद्ध मुद्दा : पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अदालतको आदेश

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो ।


पीडितको पक्षबाट पेस भएका अधिवक्ता शशि अधिकारीले अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराएका थिए ।

अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो ।

तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *