Sajhamanch Archive

अब नयाँ नोट साट्न दशैं कुर्न नपर्ने

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । दशैंबाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँ नोट साट्न पाइने भएको छ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विविध जातजाति तथा भाषाभाषीले मनाउने चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको जनाएको हो। नव वर्ष, उभौली, बुद्ध जयन्ती, गौरा पर्व, तिज, इन्द्रजात्रा, छठ, संविधान दिवस, गणतन्त्र दिवसलगायतका राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै ल्होसार, माघी, महाशिवरात्री, जितिया, इन्द्रजात्रा, फागु पूर्णिमा, घोडेजात्रा, इद, क्रिसमस, फाल्गुनन्द जयन्ती लगायतका पर्वहरुमा पनि नयाँ नोट सटही गर्न सकिनेछ। राष्ट्र बैंकले मुद्रा व्यवस्था विभाग थापाथली तथा बैंकको उपत्यका बाहिरका शाखा कार्यालयहरु विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नयाँ नोट साट्न सकिने सूचनामा उल्लेख गरेको छ।

दशैंका बेला मात्रै राष्ट्र बैंकले नयाँ नोट सटहीको व्यवस्था गर्दा मानिसहरु विहानैदेखि लाइन लाग्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ। राष्ट्र बैंकले मैलिएका, रङ् लगाइएका र पानीले भिजेका हातले सकेसम्म नोट नछुन पनि आग्रह गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *