Sajhamanch Archive

बुद्धशान्तिमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश स्तरीय भलिबल खेल खेलाइने जानकारी गराइएको हो ।

राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहयोग रहने मुल आयोजक समितिका संयोजक सन्तोस कुमार ढकालले बताए । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले संस्था स्थापनाको २५ औं वर्षको अवसरमा प्रतियोगितामा मुख्य प्रायोजन गरेको हो ।

प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति सहित झापा, मोरङ, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजङ, नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनकुटा गरी १० टोलीको सहभागिता रहने आयोजकका प्रचार संयोजक अनिल वाग्लले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख नगदसहित ट्रफि, उपविजेताले ५० हजारसहित ट्रफि पाउने छन् भने प्रतियोगितामा तेस्रो हुने टिमले पनि नगद २५ हजार पाउने आर्थिक उपसमिति संयोजक प्रेम नेम्बाङले बताए ।

उनले झापाकै प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले सबै मिलेर भव्यरुपमा सम्पन्न गर्नु पर्नेमा जोड दिए । प्रतियोगिता १२ लाख ६५ हजारको अनुमानित लागतमा हुन लागेको बताइएको छ । प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन ५१ सदस्यीय मूल आयोजक समिति गठन गरी विभिन्न उपसमिति समेत गठन आयोजक समितिका संयोजक ढकालले बताए । हालसम्म ८ लाख हाराहारीमा रकम संकलन भएको जायोजकले जनाएको छ । प्रतियोगिताबाट आएको मुनाफाले बुधबारे बजारमा सिसि क्यामरा जडान गरिने र राष्ट्रिय युवा समाजले सञ्चालनमा ल्याएको पुस्तकालयको स्तरउन्नती गरिने बताइएको छ ।

बुद्धशान्ति ३ स्थित बुधबारे तल्लो चोकमा हुनलागेको प्रतियोगिताको खेल मैदान स्तरउन्नतीको कार्य सहितको तयारी अन्तिम चरणमा पुगेको प्रचार संयोजक वाग्लेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *