Sajhamanch Archive

विगत वर्षभन्दा फरक रुपमा जलेश्वरधाम

Published: (Updated: ) in मुख्य समाचार, समाज, by .

अर्जुनधारा । पूर्वको पशुपति नाथको नामले चिनिएको अर्जुनधारा जलेश्वर धाममा ३६ औं बार्षिक अनुष्ठानको रुपमा ९ दिने महायज्ञ सन्चालन भइरहेको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा ७ मा अवस्थित जलेश्वर धाममा मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि भविष्य महापुराण लागेको हो ।

मंसिर ११ गतेदेखि २० गतेसम्म लाग्ने महापुराणमा पुर्वका विभिन्न जिल्लाहरु र स्वदेश तथा विदेशी भक्तजनको घुइचो लाग्ने गरेको छ ।

जलेश्वरधामको महायज्ञ यस वर्ष फरक किसिमबाट भएको धाम विकास समितिले जनाएको छ । महापुरणमा जलेश्वर धामको उत्पतिबारेमा विद्युतीय प्रदर्शनी, महाभारतकालिन घटनाको चित्रण साथै भक्तजनहरुको आकर्षित पार्न पोखरी भित्र संगीतमय फोहोरा प्रर्दशन, रमाइलो धार्मिक मेला तथा आकर्षक सजावट गरि बनाएको जलेश्वर धाम विकास समितिको अध्यक्ष नविन गट्टानीले बताए ।

उनले महायज्ञको ८ औं रात आज साँझ लक्ष्यवर्तीका साथमा विभिन्न स्थानबाट आउने भक्तजनहरुले आफ्ना पित्तृका नाममा दीप प्रज्वलन गर्ने समेत जानकारी दिए ।

मंसिर २० गते बालाचतुदर्शीका दिन सतविज छर्दैै महायज्ञको समापन गर्ने कार्यक्रम रहेको र महायज्ञ आगन्तुक भक्तजनको स्वास्थ्यको ख्याल राख्दै भोजनको सुविधा रहेको अर्जुनधारा जलेश्वर धाम कार्यक्रम संयोजक उर्मिला दाहालले बताइन् ।

यस वर्ष रात्रिकालिन समयमा आउँने पाहुनाहरुलाई सुविधाजनक टहरा निर्माण गरि
राती भजन कीर्तनका लागि विषेश व्यवस्था गरिएको अध्यक्ष गट्टानिले जानकारी दिए ।

महायज्ञमा बाल व्यास उपाधि प्रमुख कथावाचक भागवत भूषण कौशिकजी महाराज प।दिनेश ढुङ्गाना तथा उपवाचक अर्जुनधारा संस्कृत वेद तथा विद्यापीठका गुरु चिरञ्जीवी ढुङ्गानाले गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *