नेपालका ३ लाखमा अटिजमको प्रभाव !
Published: (Updated: )
by .बिर्तामोड । अटिजम केयर नेपाल सोसाइटीले बिर्तामोडमा अटिजम सम्बन्धी अभिमुखिकरण गरेको छ ।
अटिजम केयर नेपालका प्रशासन प्रमुख सुरेन्द्र बज्राचार्य तथा अन्जु महर्जनको टोलीले बिर्तामोडमा बुधबार गरेको जनचेतनामुलक अन्तरक्रिया कार्यक्रममा अटिजमको अवस्थाका बारेका छलफल गरिएको छ । अटिजम खास रोग नभएको तथा यसको उपचार एकैचोटी सम्भव नभएकाले यसलाई बिस्तारै व्यवहार तथा सामाजिकरणले कम गर्दै निराकरण गर्न सकिने उनीहरुको सुझाव छ ।
अटिजम भएका बालबालिकाहरुले खास गरेर व्यक्तिसँग कुरा गर्दा आँखामा आँखा नजुधाउने, उमेर सापेक्ष व्यवहार नगर्ने, कम अथवा बढी बोल्ने, एकोहारो हुने, अरुसँग घुलमिल नहुने, सामाजिक कार्य गर्न नसक्ने, भाषा अरुभन्दा फरक किसिमको हुने यसकोे लक्षण भएको अटिजम नेपालका प्रशासन प्रमुख बज्राचार्यको भनाई छ ।
विश्मा अटिजम हरेक वर्ष १८ प्रतिशतले बढेको तथ्याङ्क सुनाउँदै बज्राचार्यले अटिजम रोग नभएर एक प्रकारको अवस्था रहेको जिकिर गरेर । विषेश गरेर १८ महिनादेखि २ वर्षसम्म उमेर समूहका बालबालिकालाई यो समस्या देखापर्ने बताइएको छ । विषेश गरेर केटीमा भन्दा केटामा ५ प्रतिशतले अटिजम बढी देखिएको भन्दै बज्राचार्यले विश्वको कूल जनसङ्ख्यामध्ये १ प्रतिशतमा जन्मजात अटिजम देखिएको विश्व स्वास्थ संगठनले जारी गरेको अटिजम सम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएको बताएका छन् ।
यसको निदान तथा मेडिकल जाँच नभएकाले अभिभावकको अन्तरक्रिया तथा अटिजम डाइनोस्टिकद्वारा केही हदसम्म कम गर्न सकिने र थेरापी गरी केही हदसम्म निदान हुने बताइएको छ । नेपालमा अटिजम रोग चिन्न एकदमै कठिनाई भएकोले जनचेतना तथा सूचनाको कमीका कारण हरेक ६८ जना जन्मेका शिशुहरुमा १ जनालाई अटिजम देखिएको जनाइएको छ । नेपालमा मात्र ३ लाख अटिजम भएका व्यक्तिहरु भएको अनुमान गरिएको कार्यक्रममा बताइयो ।
हाल झापामा १५ जना बालबालिकामा अटिजम देखिएको अटिजम केयर नेपाल सोसाइटी झापाका अध्यक्ष कुमार चुडाल बताउँछन् ।
आफूपनि अटिजम पिडित छोरीको बाबु रहेकाले पहिला आफूलाई पनि यो रोग चिन्न गाह्रो भएको बताउँछन् । उनकी छोरी अहिले १५ वर्षकी छन् तर अरुभन्दा फरक भएको चुँडाल बताउँछन् ।
Comments