Sajhamanch Archive

सतासी निरन्तर सदस्यहरुको सेवामा

Published: in सहकारी by .

कनकाई । सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडले दूर्घटनामा परेकी आफ्ना शेयर सदस्य गीताकुमारी साहलाई उपचारका लागि राहत वितरण गरेको छ ।

कनकाई नगरपालिका वडा नं. ३ निवासी गीताकुमारी गत महिना कात्र्तिक २६ गते घरबाट बिर्तामोड जाने क्रममा आफ्नै सिटी रिक्सामा दूर्घटनामा परेकी थिइन् ।

उनको देव्रे खुट्टा भाँच्चिएकाले उपचार वापत संस्थाले १० हजार रुपैयाँ प्रदान गरेको हो । संस्थाको सदस्य राहत नीति अनुसार साहाको उपचारार्थ सञ्चालक सदस्य एवम् राहतकोष संयोजक खेमराज श्रेष्ठ, कनकाई एकाई उपसमिति संयोजक शिवशंकर महासेठ, कनकाई कार्यालय प्रमुख उमेश चौहान तथा बजार प्रतिनिधि लक्ष्मी सापकोटाले संयुक्तरुपमा उक्त राहत प्रदान गरेका हुन् ।

उनी सतासी सहकारी संस्थाको शेयर सदस्य रहेकाले सो संस्थाको राहत कोषबाट उनलाई उपचार रकम सहयोग बमोजिम वितरण गरेको सतासी बहुमुखी सहकारी संस्थाका व्यवस्थापक सन्तोष कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

संस्थाको नियम अनुसार दैनिक रु.१ रुपयाँका दरले बार्षिक एकमुष्ठ रु.३६५÷ जम्मा गर्ने सदस्यहरुलाई दुर्घटना परेमा अधिकतम रु.१० हजार उपचार खर्च प्रदान गरिने संस्थाको प्रावधान रहेको संस्था प्रबन्धक सन्तोषकुमार श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *