आदर्श साकोसको तेह्रौं स्थापना दिवस, तीन वर्षे रणनीतिक योजना सार्वजनिक
Published: (Updated: )
by .दूधे । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले तीन वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै १३ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी आगामी तीन वर्षमा सदस्य तथा संस्थालाई समृद्ध बनाउने रणनीति सार्वजनिक गरेको हो ।
संस्थाले वित्तिय रुपमा दिगो, सक्षम र सुरक्षित सहकारी संस्थाको रुपमा विकास गर्दै सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्ने अध्यक्षको कार्यपत्रमा उल्लेख गरिएको छ । संस्थालाई प्रतिष्पर्धी ढंगबाट संचालन गर्ने र सुझुबझ भएको सञ्चालक दक्ष कर्मचारी बनाउने लक्ष्य राखिएको कार्यपत्रमा जनाइएको छ । त्यसै गरी नगरका प्रत्येक वडामा उपसमिति गठन गरी आगामी तीन वर्ष भित्रमा १२ करोडको वासलात तयारी पारी ३२ सय सदस्य पु¥याउने संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । उनले बचत संकलन ८ करोड ८५ लाख पु¥याई न्युनतम ५० कित्ता शेयर सवैमा पु¥याउने लक्ष्य राखिएको जानकारी दिए ।
स्थापना दिवसको अवसर पारेर संस्थाले संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष पदम कुमार लक्समलाई सम्मान गरेको छ । लक्समलाई संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा तथा प्रमुख अतिथि सहकारी निरिक्षक तथा शिवसताक्षी नगरपालिका सहकारी प्रमुख बद्रीकुमार दाहालले नगदसहित सम्मान पत्र प्रदान गरिएका थिए । त्यसैगरी संस्थामा कार्यरत लेखापाल चन्द्रकला श्रेष्ठ र संकलक अर्चना चौधरीलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थामा आ.व. ०७४÷०७५ मा असल बचत कर्ता र असल ऋणीलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको छ । असल बचतकर्ता तर्फ गंगाबहादुर माझी, इन्दिरा राई, रामचन्द्र गिरी, बेचुकमारी चौधरी, सर्मिला सेलिङ्ग, दिलिप कुँवर र विमलाल थापा रहेका छन् । त्यस्तै असल ऋणीतर्फ असोदा बस्नेत र सुकमाया काम्वाङ्ग नगद सहित प्रशंसा पत्र प्रदान गरिएको संस्थाका व्यवस्थापक प्रकास पोखरेलले जानकारी दिए ।
कार्यक्रममा ६० वर्ष माथिका ज्येष्ठ पिताहरुलाई गेसिङ्ग प्रतियोगिता सामेल गराई प्रथम हुने कृष्णप्रसाद घिमिरेलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई बट्टा रहेको सिक्काको संख्या पत्ता लगाउने खेल खेलाइएको थियो । त्यसैगरी ९ बर्षदेखि १२ वर्षसम्मका बालिकाहरुको एक सय मिटर दौडमा उषा अधिकारी प्रथम, ज्योति भण्डारी द्वितीय र सलिना विष्ट तृतीय भएका छन् । उनीहरुलाई संस्थाले पुरस्कृत गरेको संस्थाका सचिव यादव प्रसाद घिमिरेले जानकारी दिए । महिला सदस्यहरुलाई सामेल गराई म्युजिकल चियर प्रतियोगितामा देवीमाया घिमिरे प्रथम, कल्पना घिमिरे द्वितीय र कल्पना भण्डारी तृतीय भएका थिए । उनीहरुलाई पनि संस्थाले पुरस्कृत गरेको छ ।
संस्थाका उपाध्यक्ष नीलकृष्ण खरेलले स्वागत गरेको कार्यक्रममा लाइन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ड यामनाथ काफ्ले, सतासीधाम जेसीजका पूर्व अध्यक्ष विनोद खरेलले मन्तव्य राखेका थिए भने संस्थाका सचिव यादवप्रसाद घिमिरे र व्यवस्थापक प्रकास पोखरेलले सञ्चालन गरेका थिए ।
Comments