बिर्तामोडमा सहकारी जोखिम विश्लेषण कार्यशाला
Published:
by .बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाले सदस्य सहकारी संस्थाका प्रतिनिधिहरुमाझ पुष २ गते जोखिम विश्लेषण कार्यशाला सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा आयोजित कार्यशालामा नेफ्स्कोनका केन्द्रीय सञ्चालक केशवप्रसाद पोखरेलले साकोसमा जोखिम विश्लेषण सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव उपेन्द्रप्रसाद ओलीले सञ्चालन गरेको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष महेन्द्रकुमार गिरी, नेफ्स्कोनका केन्द्रीय सञ्चालक चन्द्रकुमारी भट्टराईलगायतले आफ्ना धारणा राखेका थिए । कार्यशालामा एक सयजनाभन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको जनाइएको छ ।
Comments