Sajhamanch Archive

धुलाबारीमा कर्णाली साकोसको सेवाकेन्द्र उद्घाटन

Published: (Updated: ) in सहकारी by .

धुलाबारी । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १५ औं सेवा केन्द्र शनिबारबाट धुलाबारीमा सञ्चालनमा आएको छ ।
सेवा केन्द्रको शनिबार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेका छन् ।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख आचार्यले सहकारीको सङ्ख्या बढेसंगै सम्भावित अस्वस्थ प्रतिस्पर्धाले चुनौति थपिन सक्नेप्रति चिन्ता प्रकट गरेका थिए । सहकारीलाई जीवनको एक अभिन्न अङ्गका रुपमा अथ्र्याउँदै उनले सहकारीलाई सफलतापूर्वक अघि बढाउन प्रमुख भूमिका सदस्यको हुने विचार व्यक्त गरेका थिए ।

त्यसक्रममा मेचीनगर–१० नम्बर वडा सदस्य धिरावती लिम्बू, मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ध्रुव कनाल, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण कोइराला, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतन विष्टलगायतले शुभकामना दिएका थिए । विर्तामोड नगर–४ मा केन्द्रीय कार्यालय रहेको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले झापालाई कार्य क्षेत्र बनाएको सहकारीले विशेष गरी ग्रामिण भेगमा लघुवित्त कार्यक्रम गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा क्यान्सर पीडित मेचीनगर–८ की गङ्गामाया पाण्डेलाई ३० हजार, पित्त थैलीमा पथरिया भएकी मेचीनगर– ३ की कमलादेवी कर्णलाई १० हजार र पित्त थैलीमा पथरिया भएका मेचीनगर–९ का खड्गबहादुर बुढाथोकीलाई ४ हजार रुपैयाँ प्रदान गरियो ।

७० प्रतिशत महिला सदस्य रहेका संस्थाको उपचार कोषबाट विमा सुविधा बापतको रकम आफ्ना विरामी सदस्यहरुलाई सहयोग गरिएको इटाभट्टा सेवा केन्द्रका कार्यालय प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष इश्वरीप्रसाद खरेल र सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *