Sajhamanch Archive

सहकारी बैंकका सञ्चालकहरुलाई झापामा अविरजात्रा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्षसहित सञ्चालकहरुलाई आज झापामा बधाईसहित कार्यसफलताको शुभकामना व्यक्त गरिएको छ । झापा जिल्ला बचत तथा ऋण सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंक बिर्तामोड र दमकको संयुक्त आयोजनामा बिर्तामोडमा स्वागत सम्मान गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियासहितको बधाई ज्ञापन गर्ने कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेती, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक सदस्यहरु महेन्द्रकुमार गिरी, अमृता सुब्बा र ज्ञानबहादुर तामाङ उपस्थित थिए ।

बैंकका नवनिर्वाचित सञ्चालकहरुलाई विभिन्न सहकारी संघ–संस्थाका सदस्य पदाधिकारीहरुले माल्यार्पण तथा अविर लगाएर सम्मान जनाए । जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा उपाध्यक्ष तुलाराम न्यौपानेको स्वागत रहेको कार्यक्रमको सञ्चालन सहसचिव उपेन्द्र ओलीले गरेका थिए ।

कार्यक्रममा एमाले नेता चिन्तन पाठक, बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक उप्रेती, अध्यक्ष केबी उप्रेती र सांसद निरौलाले सहकारीका विभिन्न आयामहरु बारेमा आफ्ना धारणा राखेका थिए ।

यसैगरी जिल्ला सहकारी संघले पनि आजै बैंकका नवनिर्वाचित सञ्चालकहरुलाई बधाई ज्ञापन गरेको छ । जिल्ला संघको बिर्तामोड कार्यालयमा उपस्थित दुई दर्जन हाराहारी सहभागीका बीचमा छोटो अन्तरसम्वादसहित कार्यक्रम गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *