Sajhamanch Archive

कांग्रेसको सडक प्रदर्शन सरकारविरुद्ध नाराबाजी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । केही दिनअघिसम्म सरकारविरुद्ध सदनबाट आन्दोलन गरिरहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेस अब सरकारविरुद्ध सडकमा उत्रिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । दुई तिहाइको भरमा सरकारले प्रमुख प्रतिपक्षी दलको आवाज सुनुवाइ नगरेको भन्दै बिच्किएको कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध ११ वटा मुख्य मुद्दा उठाउँदै देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको छ ।

कांग्रेसले उठाएका ११ मुद्दा यस्ता छन्ः

१. संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनाहीन व्यवहार ।

२. स्व. नेताहरू (गिरिजाप्रसाद कोइराला र सुशील कोइराला) का नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको असफल प्रयास ।

३. प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक डाकेर नियुक्ति ।

४. देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको मुद्दा ।

५. महँगी, भ्रष्टाचार एवम् अनेकौं निर्णयहरू ।

६. जिल्लास्तरका मुद्दाहरू ।

७. वाइड बडी जहाज खरिदमा भएको अर्बौं घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न आवाज उठाउने ।

८. नेपाल देश आफैंले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने बुढीगण्डकी बहुउद्देश्यीय परियोजना बिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर, के रहस्य लुकेका छन् ।

९. आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी निजगढ विमानस्थल निर्माण प्रकृयामा ढिलासुस्ती ।

१०. ३३ किलो सुन काण्डमा ‘ठूला माछा’ सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुप ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन भन्ने मुद्दा ।

११. प्रदेश ५ मा प्रदेशसभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचार ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *