नेपाली कांग्रेसद्धारा आइतबार पनि संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार
Published:
by .काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।
संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् ।
१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन् । कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको थियो ।
कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।
सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेस सांसदहरु आफूलाई जानकारी नगराई अनुपस्थित भएको बताए । उनले फागुन ७ गतेको बैठकमा उनीहरुले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिए ।
Comments