करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
Published:
by .
बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिए ।
बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इमेजखबर बाट
Comments