Sajhamanch Archive

मिक्चरले च्यापिएर ठेकेदारको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

सोलुखुम्बु । सिमेन्ट तथा बालुवा फिट्ने मिक्चरले च्यापिएर ठेकेदारको ज्यान गएको छ ।

सोलु दूधकुण्ड नगरपालिका–७, मा रहेकोगार्मा माविको निर्माणाधीन भवनमा काम गर्ने क्रममा मिक्स्चरले च्यापिएर सोलु दूधकुण्ड नगरपालिका–४, का धनकुमार श्रेष्ठको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार भवनको ठेकेदारसमेत रहेको श्रेष्ठलाई हिजो साँझ गाडीमा मिक्स्चर लोड गर्दै गर्दा त्यही लडेर त्यही मिक्स्चरले च्यापेको हो ।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको छातीमा चोट लागेको बताइएको थियो । मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *