उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त
Published:
by .काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । तर एक वर्षमा सरकारले नागरिकका न्यूनतम आवश्यकताहरु पूरा गर्न नसकेको भन्दै आलोचना भइरहेका छन् ।
यस्तै बेला मन्त्रीहरु हेलिकोप्टर चार्टर गरेर विद्यालय भवन र स्वास्थ्य चौकी उद्घाटनमै रमाउँदै आएका छन् । अधिकांश मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिँदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उद्घाटन, सभासमारोहमा बढी समय बिताउँछन् ।नेपाल समाचारपत्रबाट।
Comments