विद्युतीय शवदाह गृहमा शवको चाप
Published:
by .
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा रहेको विद्युतीय शवदाह गृहमा शवको चाप अत्याधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानको अभावका कारण त्यहाँ आएका सबै शव विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न सकिएको छैन ।
शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापाको शव धेरै आउने भएकाले समस्या परेको बताए । उनले दैनिक सरदर २५ देखि ३० शव आउने बताए ।
अधिकृत थापाले नेपाल भने, ‘एउटा मात्र शवदाह गृहमा भएको मेसिनले भार थेग्न नसक्ने भएकाले शव आर्यघाटमा फर्काउन बाध्य छौँ ।’
पशुपति आर्यघाटमा दाहसंस्कार दुई प्रकार गर्ने गरिएको छ । एउटा विद्युतीय प्रक्रिया हो भने अर्को पुरानै प्रचलनअनुसार केही दाउराको प्रयोग गरेर दाहसंस्कार गर्ने गरिएको छ । नेपाल समाचारपत्रबाट ।
Comments