विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता
Published:
by .झापा । अष्ट्रेलियास्थित विश्वविद्यालयहरुमा अध्ययनका लागि विद्यार्थी पठाउने अग्रणी शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको जनाएको छ ।
सो प्रतिष्ठानले हिजो प्रेस विज्ञप्ती जारी गरेर खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन गरेको डिप्लोमा अफ नर्सिङ र एड्भान्स डिप्लोमा अफ नर्सिङ प्रोग्राममा नेपालस्थित कार्यालयहरुबाट ८ जना र अन्य विषयहरुमा गरी जम्मा १५ जना विद्यार्थी भर्ना भएको विज्ञप्तीमा उल्लेख छ ।
अष्ट्रेलियन स्किल क्वालीटी अथोरीटीको हालैको निर्णयबाट उक्त कलेजको दर्ता खारेज भएको थियो । खारेजीपछि नेपाली विद्यार्थीलाई परेको समस्या समाधान गर्न जिम्मेवारीपूर्वक लागेको एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
विद्यार्थी सबै आफ्नो सम्पर्कमा रहेको र सुरक्षित व्यवस्थापनको लागि काम भइरहेको समेत एक्सपर्टले जनाएको छ । कलेज खारेजी भई अलपत्र परेको गुनासो गर्दै सञ्चारमाध्यममा आएका विद्यार्थीहरुलाई धम्की गएको कुरा बाहिरिएको कुरा पनि एक्सपर्टले उल्लेख गरेको छ ।
विद्यार्थीको विषयमा उनीहरुसँग र उनीहरुका परिवारसँग गरेको कुराकानीलाई धम्की भन्दै नियोजित प्रचार गरिएको विज्ञप्तीमा उल्लेख छ । आफ्ना कुनै पनि शाखा तथा कर्मचारीले कुनै विद्यार्थीलाई धम्की नदिएको जनाउँदै आवश्यक परे अडियो संवाद सुनेर छानविन गर्न पनि एक्सपर्टले आग्रह गरेको छ ।
कलेज खारेज भएसँगै अष्ट्रेलियामा एक हजार बढी विद्यार्थीहरु अलपत्र परेका छन् । सोमध्ये १५ जना मात्र आफ्ना विद्यार्थी रहेको एक्सपर्टले जनाएको छ । त्यसमाथि विवादमा तानिएको नर्सिङ सम्बन्धि कोर्षमा ८ जना मात्र रहेको उसको भनाई छ ।
कलेज खारेज भएपछि समस्यामा परेका सबै विद्यार्थीहरुको समस्यावाट मुक्तगराउनको लागि अष्ट्रेलिया तथा नेपाल सरकार र विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने कन्सल्टेन्सीहरु लागिपरेको तथा खारेजीको विरुद्धमा परेको कलेजले अपीलसमेत गरिसकेको विज्ञप्तीमा जनाइएको छ ।
Comments