Sajhamanch Archive

प्रत्यक्षदर्शी भट्टराई भन्छन्ः आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन

Published: (Updated: ) in विविधा by .

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना भएको छ ।

घटनास्थलमा स्थानीयबासी पुगेका छन् । उनीहरु मध्ये एक हुन्, कालिका होटल सन्चालक सुरज भट्टराई । उनका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । अहिले पनि आगो बलिरहेको छ ।  टेलिफोन सम्पर्कमा आएका भट्टराईले भने, ‘आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन ।’

उनको भनाइ जस्ताको तस्तैः

मेरो नाम सुरज भट्टराई हो । पाथिभरामा कालिका होटल चलाउँछु । अपरान्ह १२ बजेतिर मेरो बुबा सुक्रवीर भट्टराईले फोन गरेर यहाँ हेलिकोप्टर ठोक्कियो, पुलिसलाई खबर गर भन्नुभयो । मेरो बुबा मैयुममा बस्नुहुन्छ । घाँस काट्न जाँदा तारेभीरको खप्टेढुंगामा हेलिकोप्टर ठोक्किएर जलेको देखेपछि मलाई फोन गर्नुभयो ।

मैले तत्कालै हल्दारसा’बलाई भेटर हामी करीव दुई घण्टाको बाटो हिँडेर घटनास्थलमा आइपुगेका छौं । हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ । आर्मीको बुट देखिएको छ । अरु केही पनि बाँकी छैन । अहिले हामी ५०÷६० जना जम्मा भएका छौं । तलबाट प्रहरी आउँदैछ ।

अनलाइन खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *