Sajhamanch Archive

हेलिकोप्टर दुर्घटनामा निधन भएकाको स्मृतिमा शोकसभा

Published: in विविधा by .

काँकरभिट्टा । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरक्षिणपछि पाथीभरा दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा बुधकार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुको स्मृतिमा शनिबार झापाको काँकरभिट्टामा श्रद्धाञ्जली ‐शोक) सभा सम्पन्न भएको छ ।

मेचीनगर—६ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा ट्राभल संघ झापाले आयोजना गरेको श्रद्धाञ्जली सभा मृतक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी, यति एयरलाइन्स तथा तारा एयरलाइन्सका प्रवन्ध निर्देशक तथा एयर डाइनेस्टीका सञ्चालक पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, एयर डाइनेस्टीका पाइलट प्रभाकर केसी, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पर्यटन मन्त्री अधिकारकिा अंगरक्षक अर्जुनकुमार घिमिरेको तस्वीरमा माल्यर्पण गदैं शोकपुस्तिका राखिएको थियो ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायी, राजनीतिक दललगायत सर्वसाधारणले मृतकहरुप्रति मौनधारण गदैं शोक पुस्तिकामा हस्ताक्षरसहित मृतकहरुको चिरशान्तिको कामना गदैं भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका थिए । यो घटनाले राष्ट्र नै अत्यन्तै मर्माहत भएको र देशलाई अपुरणीय क्षति पुगेको सहभागीको भनाई थियो । पर्यटन क्षेत्रले एक कुशल दुरदर्शी पर्यटनको हितमा काम गर्ने उदाहरणीय अग्रणी पर्यटन व्यवसायी गुमाएको संघका अध्यक्ष निरबहादुर कार्की नेत्रले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *