Sajhamanch Archive

शहीदहरुको सम्झानामा दौड प्रतियोगिता हुने

Published: (Updated: ) in विविधा by .

विर्तामोड ।  झापा विद्रोहका शहीदहरुको सम्झनामा आगामी फागुन २१ गते शहीद स्मृति दिवश मनाउने तयारीमा रहेको सुखानी शहीदद स्मृति प्रतिष्ठानले आईतबार सामुदायिक क्याम्पसस्तरीय बक्तृत्वकला र म्याराथन दौड प्रतियोगीता आयोजना गर्र्दैछ ।

“समृद्धिको यात्रामा शहीदहरुको सपना ” बिषयक बक्तृत्वकला प्रतियोगिताका लागी झापाका २४ वटा तथा ईलामको १ वटा सामुदायिक बिद्यालयले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष टंक बरालले जानकारी दिए । प्रतियोगिताका बिजेतालाई १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुने प्रतियोगिलाई ४ हजार रुपैयाँ नगद प्रदान गरीने उनले बताए ।

त्यसैगरी प्रतिष्ठानले ४० बर्षमुनिका युवाहरुका लागी म्याराथन दौड प्रतियोगिता पनि आयोजना गर्दैछ । दौडका लागी ४५ जना धावकले नाम टिपाएको जानकारी दिए । उनका अनुसार बिहान ८ बजे बिर्तामोडको मुक्तिचोकबाट शुरु हुने म्याराथन दौड उत्तर अर्जुनधारा ११ स्थित मिलडाँडा हुँदै शुखानी शहीद स्मृति पार्कको गेटमा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगिताको बिजेताले १३ हजार , दोश्राले १० हजार र तेश्रो हुनेले नगद ७ हजार प्राप्त गर्नेछन् । झापाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते कम्युनिष्ट आन्दोलनका अगुवाहरु मारीएको सम्झनामा प्रतिष्ठानले हरेक बर्ष यस दिन शहीद स्मृति दिवश मनाउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *